कराँतेमा पर्साले जित्यो ५ स्वर्ण पदक

1200x150_1200x150-01.jpg (1)

वीरगंज, ५ जेठ/ मधेस खेलकुद परिषदले आयोजना गरेको दुई दिने प्रतियोगितामा कराँतेतर्फको स्पर्धामा पर्सा जिल्लाका खेलाडीले ५ स्वर्ण, २ रजत र ३ कास्य पदक जितेका छन्।
जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय महिला–पुरूष फुल कन्ट्याक्ट कराँते प्रतियोगितामा पर्सा जिल्लाले ५ वटा स्वर्ण जित्दै मधेस प्रदेशमै प्रथम स्थान हासिल गरेको बताइन्छ।
पर्साबाट पुरूषतर्फको ४० केजी तौल समुहमा सुरेश दास, ४५ केजी तौल समुहमा रूपेश पटेल, महिलातर्फ ४० केजी तौल समुहमा मनिषा माली, ५५ केजी तौल समुहमा अनिशा यादव र खुल्ला तौल समुहमा निचिता आलेले स्वर्ण पदक जितेका हुन्।
पुरूषतर्फ खुल्ला तौल समुहमा सुलभ माझी र महिलातर्फ ४० केजी तौल समुहमा रेशमा चौधरीले रजत पदक जितेको प्रशिक्षक रवि साहले जानकरी दिए। पुरूषतर्फ ६० केजी तौल समुहमा धर्मेन्द्र ठाकुर,६५ केजी तौल समुहमा भुपेन्द्र यादव र महिलातर्फको ५५ केजी तैल समुहमा सुइना श्रेष्ठले कास्य पदक जितेको पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक साहले जानकारी गराएका छन्।

सम्बन्धित पोस्टहरुः