वीरगंज , ५ जेठ –
राजकुमार गुप्ता लाई धरौटीमा रिहा गर्न सर्वोच्च अदालत ले आदेश दिएको छ ।
पोखराको लिचीबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका गुप्तालाई सर्वोच्च अदालतका न्यायाधीश शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेल को संयुक्त इजलासले विशेष अदालतको आदेश बदर गर्दै धरौटी माग गर्ने आदेश दिएको हो ।
सर्वोच्च अदालतका प्रवक्ता सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइराला का अनुसार लिखित आदेश आउन बाँकी रहेकाले धरौटी रकम भने बुधबार मात्रै खुल्नेछ ।
यसअघि २०८२ पुस १६ गते विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइराला को इजलासले गुप्तालाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो ।







