विश्रामपूरमा लाखौंको गरगहना चोरी

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ६ जेठ –

पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरमा मंगलबार राति लाखौं रुपैयाँ बराबरका सुनचाँदीका गहना चोरी भएको छ ।

स्थानीय नन्दकिशोर पटेल, नन्दलाल पटेल, बिरजेश पटेल र राजकिशोर पटेलको घरबाट करिब २८ तोला सुन र डेढ किलोभन्दा बढी चाँदीका गरगहना चोरी भएको पीडित परिवारले जनाएको छ ।

घरमा प्लास्टरको काम भइरहेकाले चारै दाजुभाइका गहना एउटै स्थानमा राखिएको थियो । गहना राखिएको अल्मारी भुइँतल्लामा रहेको र परिवारका सदस्य माथिल्लो तलामा सुतेका थिए ।

पीडितका अनुसार चोरहरूले चोरी गर्नुअघि कोठाको बाहिरबाट चुकुल लगाएका थिए । बिहान करिब ३ बजे उठेर बाहिर निस्कन खोज्दा ढोका बाहिरबाट बन्द रहेको थाहा पाएपछि आफ्नो घरमा सुतेका भाई नन्दलाल पटेललाइ फोन गरी बोलाएर ढोका खोल्न लगाएको र त्यपछि चोरी भएको थाह भएको नन्दकिशोरले बताए ।

घटनाबारे जानकारी पाएपछि प्रहरीले अनुसन्धान थालेको छ । पीडित परिवारले चोरीमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ ।

सम्बन्धित पोस्टहरुः