मोटरसाइकल चोरीमा संलग्न युवक पक्राउ

1200x150_1200x150-01.jpg (1)


वीरगंज, ६ जेठ –

जिल्ला प्रहरी कार्यालय पर्सा ले मोटरसाइकल चोरीमा संलग्न एक युवकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार वीरगंज महानगरपालिका–१२ मुर्ली निवासी दीपेन्द्र कुशवाहाको नाममा दर्ता रहेको मधेस प्रदेश ०३–०३३ प ५५७१ नम्बरको निलो–कालो रङको टिभिएस अपाचे मोटरसाइकल दिलबन्धु पेट्रोलपम्प नजिक पार्किङ गरी राखिएको अवस्थामा चोरी भएको थियो ।

घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा अनुसन्धान गर्दा चोरीमा संलग्न रहेको आरोपमा बारा कलैया उपमहानगरपालिका–१ निवासी २४ वर्षीय प्रेमकुमार पटेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पटेलमाथि मोटरसाइकल चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सांकेतिक तस्वीर

सम्बन्धित पोस्टहरुः