विगो भर्न नसकेका फरार प्रतिवादी पक्राउ

1200x150_1200x150-01.jpg (1)


वीरगंज, ६ जेठ –

जिल्ला प्रहरी कार्यालय पर्सा ले विगो भरी भराउ मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको फैसला कार्यान्वयन टोलीले वीरगंज महानगरपालिका–२० तुल्सीबर्घी निवासी ५० वर्षीय अनुप महतोलाई पक्राउ गरेको हो ।

पर्सा जिल्ला अदालतको फैसलाअनुसार महतोलाई विगो भरी भराउ मुद्दामा २ वर्ष कैद सजाय तोकिएको थियो । विशेष सूचनाको आधारमा मंगलबार दिउँसो पक्राउ गरिएका उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पर्सा जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरुः