हिन्दु पत्रकार संघद्वारा आनन्द पटेल सम्मानित

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ७ जेठ –

हिन्दु पत्रकार संघले क्रियाशील युवा पत्रकार मञ्च नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएका युवा पत्रकार आनन्द पटेललाई सम्मान गरेको छ । वीरगञ्जमा आयोजित कार्यक्रममा उनलाई टीका, माला तथा गम्छा लगाएर सम्मान गरिएको हो ।

हिन्दु पत्रकार संघका केन्द्रीय अध्यक्ष राजन रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूले पटेललाई सफल कार्यकालको शुभकामना दिएका थिए । कार्यक्रममा संघका पदाधिकारी तथा विभिन्न पत्रकारहरूको उपस्थिति रहेको थियो ।

सम्मानपछि बोल्दै आनन्द पटेलले पत्रकारहरूको हकहित, पेशागत सुरक्षा तथा निष्पक्ष पत्रकारिताको प्रवर्द्धनका लागि सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

भर्खरै

सम्बन्धित पोस्टहरुः