कक्रोच जनता पार्टीको सामाजिक सञ्जाल प्रभाव र एक्स अकाउन्ट रोकिएको विषय चर्चा

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ७ जेठ –

भारतमा व्यंग्यात्मक राजनीतिक अभियानका रूपमा परिचित “कक्रोच जनता पार्टी (सीजेपी)” ले इन्स्टाग्राममा १ करोड १७ लाखभन्दा बढी फलोअर्स पार गर्दै भारतीय जनता पार्टी (भाजपा) को आधिकारिक अकाउन्टलाई उछिनेको दाबी गरिएको छ ।

तर सोही अभियानको एक्स (पूर्व ट्विटर) अकाउन्ट भारतमा रोकिएको विषयले सामाजिक सञ्जालमा थप चर्चा पाएको छ ।

जानकारी अनुसार बिहीबार उक्त अकाउन्ट भारतमा उपलब्ध नहुने गरी बन्द गरिएको हो । यस घटनापछि अभियानसँग जोडिएका मिम–आधारित राजनीतिक गतिविधिहरू अझ बढी चर्चामा आएका छन् ।

पार्टीका संस्थापक अभिजीत दीपकेले अकाउन्ट ब्लक भएको स्क्रिनसट सार्वजनिक गर्दै भारतमा पहुँच रोकिएको पुष्टि गरेका छन् । उनले यसलाई अपेक्षित कदमको रूपमा टिप्पणी गर्दै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका छन् ।

हाल कक्रोच जनता पार्टीलाई बेरोजगारी, परीक्षा प्रणाली, राजनीतिक भाष्य र संस्थागत जवाफदेहिताप्रति असन्तोष व्यक्त गर्ने युवाहरूको अनलाइन व्यंग्यात्मक आन्दोलनका रूपमा व्याख्या गरिएको छ ।

केही दिनअघि सुरु भएको यो अभियान छोटो समयमा ठूलो संख्यामा प्रयोगकर्ता आकर्षित गर्न सफल भएको देखिन्छ ।

यो नाम र अभियान भारतका प्रधानन्यायाधीश सूर्यकान्तले बेरोजगार युवा र अनलाइन अभियन्तालाई ‘कक्रोच’ र ‘परजीवी’सँग तुलना गरेको भनिएको अभिव्यक्तिपछि व्यंग्यस्वरूप सुरु भएको बताइन्छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः