भङ्गी साह माविमा शैक्षिक सामग्री वितरण

1200x150_1200x150-01.jpg (1)

वीरगंज , ८ जेठ –

पर्साको बहुदरमाई नगरपालिका–९ विश्रामपुरस्थित श्री भङ्गी साह माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा कक्षा १ देखि १० सम्मका प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरूलाई कापी, कलम तथा ब्याग प्रदान गरिएको हो । साथै बालविकास कक्षामा अध्ययनरत ३२ जना बालबालिकालाई पनि ब्याग वितरण गरिएको विद्यालयले जनाएको छ ।

प्रधानाध्यापक मनोज कुमार श्रीवास्तवका अनुसार सामग्री सहयोग स्थानीय जाटाशंकर गुप्ता र राकेश यादवले गरेका हुन् ।

सम्बन्धित पोस्टहरुः