रौतहट, १० जेठ । गएराति आएको तीव्र हावाहुरीका कारण रौतहटको चन्द्रपुर नगरपालिका–३ स्थित गैंडाटार क्षेत्रमा केराखेतीमा ठूलो क्षति पुगेको छ।
हावाहुरीसँगै आएको तेज हावाले दर्जनौँ केराका बोटहरू ढालेपछि स्थानीय किसान चिन्तित बनेका छन।
स्थानीय कृषकका अनुसार पाक्न लागेको केराको बोट ढलेपछि आर्थिक नोक्सानी भएको छ। केही किसानले ऋण लिएर व्यावसायिक रूपमा खेती गरेको बताउँदै प्राकृतिक विपत्तिका कारण ठूलो मार परेको गुनासो गरेका छन।
हावाहुरीले विशेषगरी खुला क्षेत्रमा रहेका केराका बगान बढी प्रभावित भएका छन। किसानहरूले सम्बन्धीत निकायबाट क्षतिको मूल्यांकन गरी राहत तथा सहयोग उपलब्ध गराउन माग गरेका छन।
स्थानीयवासीका अनुसार पछिल्ला दिनमा मौसम अस्थिर बन्दै गएको र बेलाबेला आउने हावाहुरीले खेतीपातीमा असर पुर्याउँदै आएको छ।







