बैरियाटोलका मोतियाबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया

1200x150_1200x150-01.jpg (1)

वीरगंज १० जेठ ।
पर्सा जिल्लाको पोखरिया नगरपालिका वडा नं. ९ बैरिया टोलमा मोतियाबिन्दुका बिरामीहरूको आइतवार निःशुल्क शल्यक्रिया गरिएको छ।
तिलगंगा आँखा प्रतिष्ठानका विशेषज्ञ चिकित्सकहरूको टोलीले वीरगंज सामुदायिक अस्पतालमा बिरामीहरूको सफल अपरेशन गरेको हो । लायन्स क्लब अफ पोखरियाका अध्यक्ष नेजामुद्दीन शमानी तथा उपाध्यक्ष आशा देवी चौहानको विशेष पहल मोतियाबिन्दुका बिरामीहरुको शल्यक्रिया गरिएको हो । लायन्स क्लब अफ वीरगंज परिवारका अध्यक्ष नरोत्तम पाण्डेय, चेयरपर्सन डा. लक्ष्मी थापा, डा. महेश सिंह धामी तथा लायन्स क्लब अफ वीरगंज प्रभुको सहयोग रहेको जनाइएको छ।
मोतियाबिन्दुबाट पीडित धेरै बिरामीहरूको जीवनमा नयाँ आशा र उज्यालो ल्याएको अभियानका संयोजक शमानीले जानकारी गराएका छन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः