वीरगंजमा नेपाली सेनाद्वारा विपद् उद्धार अभ्यास तालिम सम्पन्न

1200x150_1200x150-01.jpg (1)

वीरगञ्ज, ११ जेठ –

नेपाली सेना अन्तर्गत श्री श्रीजग गण वीरगंजले घडिअर्वा पोखरी क्षेत्रमा विपद् व्यवस्थापन तथा उद्धार सम्बन्धी अभ्यास तालिम सम्पन्न गरेको छ ।

प्राकृतिक विपद्का समयमा जनधनको क्षति न्यूनिकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा सेनाले बाढीबाट बच्ने उपाय, डुब्न लागेका व्यक्तिको उद्धार तथा प्राथमिक उपचार सम्बन्धी व्यवहारिक अभ्यास प्रदर्शन गरेको थियो ।

कार्यक्रममा वीरगञ्ज महानगरपालिका वडा नं. १० का कार्यवाहक अध्यक्ष सन्तोष जैसी, वडा नं. ८ का अध्यक्ष रितेश गुप्तासहित स्थानीय समाजसेवी, विद्यार्थी, शिक्षक तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।

तालिमका क्रममा सेनाले डोरी, लाइफ ज्याकेट, ट्युब लगायत सामग्री प्रयोग गरी बाढीमा फसेका व्यक्तिलाई सुरक्षित उद्धार गर्ने अभ्यास प्रदर्शन गरेको थियो ।

सहभागीहरूले यस्ता कार्यक्रमले विपद्को समयमा समुदायलाई सचेत र सक्षम बनाउन सहयोग पुग्ने बताएका छन् ।

सम्बन्धित पोस्टहरुः