मेडिकल व्यवसायी दुर्गा प्रसाईं तारेखमा रिहा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १२ जेठ –

पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमुक्त गर्न आदेश दिएको छ । मंगलबार भएको थुनछेक बहसपछि अदालतले उनलाई साधारण तारेखमा छाड्ने निर्णय गरेको हो ।

न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले प्रसाईंलाई थुनामा राखिरहन आवश्यक नरहेको ठहर गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्म तारेखमा राखेर अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको अदालत स्रोतले जनाएको छ ।

अदालतको आदेशसँगै प्रसाईं अब थुनाबाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् । अदालतले दुवै पक्षको बहसपछि न्यायिक हिरासत आवश्यक नरहेको निष्कर्ष निकालेको बताइएको छ ।

निर्णयपछि प्रसाईं समर्थकहरूले खुशी व्यक्त गरेका छन् भने अनुसन्धानमा संलग्न निकायहरूले बाँकी प्रक्रिया तारेखमै राखेर अघि बढाइने बताएका छन् ।

सम्बन्धित पोस्टहरुः