पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरणको माग गर्दै धर्ना

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १२ जेठ –

नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरणको माग गर्दै संघर्ष समितिले मंगलबारदेखि धर्ना सुरु गरेको छ ।

पूर्वअध्यक्ष अनुप तिवारीको संयोजकत्वमा गठित सदस्यता शुद्धीकरण संघर्ष समितिले महासंघ कार्यालयअगाडि बिहान ११ बजेदेखि एक घण्टा धर्ना दिएको हो ।

समितिले अयोग्य तथा विधानविपरीत सदस्यलाई हटाउन र योग्य पत्रकारलाई अविलम्ब सदस्यता दिन माग गरेको छ । माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ ।

संयोजक तिवारीले महासंघले विधि, विधान र मापदण्डअनुसार सदस्यता प्रक्रिया अघि बढाउनुपर्ने बताए । यसअघि समितिले महासंघको केन्द्रीय र मधेश प्रदेश कार्यालयमा पनि ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ ।

सम्बन्धित पोस्टहरुः