पर्सा , १२ जेठ –
मधेस प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ। मङ्गलबार प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त ५ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै प्रदेशमा १२ सदस्यीय मन्त्रिपरिषद् गठन भएको हो।
मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा मन्त्रिपरिषद् विस्तार गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै विभिन्न मन्त्रालयको जिम्मेवारीसमेत बाँडफाँड गरिएको छ।
नेपाली कांग्रेसबाट नागेन्द्र शाह स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएका छन् भने नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट युवराज भट्टराई अर्थ मन्त्री बनेका छन्। त्यस्तै नेकपा एमालेबाट मनोज कुमार सिंह शिक्षा तथा संस्कृति मन्त्री, लखनदास तत्मा खेलकुद तथा समाज कल्याण मन्त्री तथा शारदा थापा
श्रम तथा यातायात मन्त्री बनेकी छन्।
यसैगरी मोहम्मद समिरलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।
मन्त्रिपरिषद् विस्तारपछि मधेस प्रदेश सरकार थप सशक्त र प्रभावकारी बन्ने अपेक्षा गरिएको छ। प्रदेश प्रमुखको कार्यालयमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
मन्त्रिपरिषद्को कार्यविभाजन
कृष्ण प्रसाद यादव — मुख्यमन्त्री
मोहम्मद समिर — भौतिक पूर्वाधार विकास मन्त्री
युवराज भट्टराई — अर्थ मन्त्री
लखनदास तत्मा — खेलकुद तथा समाज कल्याण मन्त्री
शंकर प्रसाद चौधरी — वन तथा वातावरण मन्त्री
शारदा थापा — श्रम तथा यातायात मन्त्री
कनिष पटेल — उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री
श्याम प्रसाद पटेल — भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री
जवाहर लाल कुशवाहा — ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री
फकिरा महतो — गृह, सञ्चार तथा कानुन मन्त्री
मनोज कुमार सिंह — शिक्षा तथा संस्कृति मन्त्री
नागेन्द्र शाह — स्वास्थ्य तथा जनसंख्या मन्त्री







