नारायणी अस्पतालद्वारा एक महिने नसर्ने रोगहरूको स्क्रीनिङ कार्यक्रम

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १२ जेठ ।
“समयमै परिक्षण गरौ, नसर्ने रोगबाट बचौ” मन्त्र सहित नारायणी अस्पताल वीरगंजले नसर्ने रोगहरूको चेकजाच एवं स्वास्थ्य परामर्श को १ महिने कार्यक्रमको मंगलवार शुभारम्भ गरिएको छ ।
मधुमेह रोगको स्क्रीनिङ,उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग, शरिरको तौल अनुपातको मापन र स्वास्थ्य परामर्श सेवा निशुल्क रूपमा प्रदान गरिने नारायणी अस्पताल नर्सिङ प्रमुख श्रुति साहले जानकारी दिइन् ।
नारायणी अस्पताल मेडिसिन बिभाग अन्तर्गत शुभारम्भ भएको सो कार्यक्रमलाइ अस्पतालमा आउने लक्ष्यित वर्गको चेकजाँच एवं स्वास्थ्य परामर्श सेवा १ महिना सम्म प्रदान गरिने र सो क्रममा अत्यधिक जोखिम रहेका बिरामिहरूको विशेषज्ञ चिकित्सकहरूसँग उपचारको व्यवस्थापन पनि गरिएको छ ।
सो अवसरमा नारायणी अस्पतालका डा. अरूण कुमार कर्ण, डा. जे पि जयस्वाल, ओसिएमसी शाखा प्रमुख हेमा थापा मानन्धर, अन्जना श्रेष्ठ, दिपक यादव, राजिव चौरसिया, सन्तोष कुमार गुप्ता, लालबाबु सिंह र दिपक चौरसियाको सहभागीता रहेको थियो ।
सेवाग्रहीहरूले अस्पताल परिसरमै निशुल्क रूपमा उपलब्ध यस्तो कार्यको प्रसंशा गर्दै यो कार्यक्रमलाई वर्ष भरी नै निरन्तरता दिन आग्रह गरेका थिए ।

भर्खरै

सम्बन्धित पोस्टहरुः