नेपाललाई भारतको १० कैदीबन्दी ट्रक सहयोग

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १३ जेठ –

भारत सरकारले नेपाललाई कारागारका कैदीबन्दी ओसारपसारका लागि १० वटा ट्रक सहयोग गरेको छ। वीरगंजस्थित भारतीय महावाणिज्यदूत देवी सहाय मीनाले मंगलबार आयोजित कार्यक्रममा ती ट्रक पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई हस्तान्तरण गरेकी हुन्।

भारत सरकारले उपहारस्वरूप उपलब्ध गराएको उक्त सवारीसाधनले नेपालको सुरक्षा तथा कानुन कार्यान्वयन निकायको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने बताइएको छ।

यसअघि पनि भारतले नेपाललाई विभिन्न प्रकारका सवारीसाधन सहयोग गर्दै आएको छ। प्रतिनिधिसभा निर्वाचनका बेला मात्रै भारतले नेपाल सरकारको अनुरोधमा करिब ६४० वटा सवारीसाधन उपलब्ध गराएको थियो।

भारतले विगतमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालगायत सुरक्षा निकायलाई २ हजारभन्दा बढी सवारीसाधन हस्तान्तरण गरिसकेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः