प्राविधिक तयारी अपुरो, बजेट पुरानै संसद् हलबाट आउने

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १४ जेठ –

आगामी आर्थिक वर्षको बजेट नयाँ संसद् भवनबाट प्रस्तुत गर्ने सरकारी तयारी अन्तिम समयमा आएर रोकिएको छ। आवश्यक प्राविधिक संरचना र परीक्षण समयमै सम्पन्न हुन नसकेपछि बजेट भाषण पुरानै अस्थायी संसद् हलबाट हुने भएको हो।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ हल सञ्चालनका लागि आवश्यक प्राविधिक काम अझै बाँकी रहेकाले तत्काल त्यहाँबाट संयुक्त बैठक सञ्चालन गर्न सम्भव नभएको जानकारी दिए। उनका अनुसार प्रणाली परीक्षण र व्यवस्थापनको काम पूरा गर्न थप समय आवश्यक परेको छ।

अब प्रतिनिधिसभाको बैठक हाल सञ्चालन हुँदै आएको अस्थायी भवनमै राखेर बजेट प्रस्तुत गर्ने तयारी गरिएको सचिवालयले जनाएको छ।

सिंहदरबारमा निर्माणाधीन नयाँ संसद् भवन निर्धारित समयमै सम्पन्न हुन नसक्दा संसद्का गतिविधि अझै अस्थायी संरचनाबाटै सञ्चालन हुँदै आएका छन्।

सम्बन्धित पोस्टहरुः