जगरनाथपुरमा किशोरलाई क्रिकेट सामग्री सहयोग

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १५ –

पर्साको जगरनाथपुर गाउँपालिका–३ बिजबनियामा किशोरहरूलाई खेलकुदप्रति प्रोत्साहन गर्ने उद्देश्यले क्रिकेट सामग्री सहयोग गरिएको छ । समाजसेवी बृजेश प्रसाद चौधरीले एक थान क्रिकेट ब्याट र ६ थान स्टम्प हस्तान्तरण गरेका हुन् ।

स्थानीयस्तरमै आयोजित कार्यक्रममा सरफुदिन आलम, घनश्याम यादव, शुभनारायण यादवलगायतको उपस्थिति रहेको थियो ।

समाजसेवी चौधरीले किशोरहरूको प्रतिभा विकास तथा खेलकुद प्रवर्द्धनका लागि आगामी दिनमा पनि सहयोग जारी रहने प्रतिबद्धता जनाएका छन् ।

स्थानीयवासीले यस पहलले गाउँमा खेलकुदप्रतिको रुचि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः