वीरगंज , जेठ १५ –
आर्थिक वर्ष २०८३–०८४ को बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गर्न सुरु गरेका छन ।
सरकारले सुशासन, आर्थिक पुनःसंरचना, पूर्वाधार विकास, डिजिटल अर्थतन्त्र, रोजगारी र उत्पादन वृद्धि लगायतका क्षेत्रलाई प्राथमिकतामा राख्दै बजेट ल्याएको हो । बजेटको आकार २० खर्ब रुपैयाँ नाघ्ने अनुमान गरिएको छ ।
बजेटमार्फत कर प्रणालीमा सुधार, तलब वृद्धि, अधुरा आयोजनाको सम्पन्नता र सार्वजनिक खर्च कटौतीजस्ता कार्यक्रम समेटिएको बताइएको छ ।







