वीरगंज , जेठ १५ –
सरकारले भन्सार दर संरचनामा व्यापक पुनर्संरचना गर्दै ११ तहमा रहेको दरलाई घटाएर ७ तहमा सीमित गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत यस्तो घोषणा गर्नुभएको हो ।
बजेटअनुसार औद्योगिक कच्चा पदार्थमा लाग्ने भन्सार महसुलको एक तह घटाइएको छ भने कुल २७३ वस्तुमा भन्सार दर घटाइएको छ । त्यस्तै ३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिनुभयो ।
भन्सार विन्दुमा संकलन हुँदै आएका छरिएका करलाई एकीकृत हरित कर प्रणालीमा रूपान्तरण गरिएको पनि सरकारले जनाएको छ ।







