वीरगंज , जेठ १५ –
सरकारले आयकरको न्यूनतम सीमा वृद्धि गर्दै १० लाख रुपैयाँ कायम गरेको छ । यसअघि ५ लाख रुपैयाँ रहेको सीमा अब दोब्बर बनाइएको हो ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त व्यवस्था घोषणा गर्नुभएको हो । नयाँ प्रावधानअनुसार वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्ने व्यक्तिले १ प्रतिशत मात्रै आयकर तिर्नुपर्नेछ ।







