पूँजीगत लाभकर अन्तिम करका रूपमा लागू

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १५ –

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ देखि सेयर कारोबारमा लाग्ने पूँजीगत लाभकरलाई अन्तिम करका रूपमा लागू गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री स्वर्णिम वाग्ले ले बजेट प्रस्तुत गर्दै सेयर कारोबारबाट भएको आम्दानीमा पूँजीगत लाभकर तिरेपछि थप आयकर नलाग्ने व्यवस्था गरिएको जानकारी दिए।

यसअघि सेयर बिक्रीबाट नाफा कमाउने लगानीकर्ताले एक वर्षभन्दा कम अवधिसम्म सेयर होल्ड गरे ७ दशमलव ५ प्रतिशत र एक वर्षभन्दा बढी अवधिसम्म होल्ड गरे ५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए ।

सरकारको नयाँ व्यवस्थासँगै पूँजीगत लाभकर तिरेको आम्दानी व्यक्तिगत आयकरको दायरामा पुनः गणना नहुने भएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः