कर्मचारी तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १५ –

सरकारले निजामती कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले तलब वृद्धिको निर्णय सार्वजनिक गरेका छन ।

नयाँ व्यवस्थाअनुसार १० प्रतिशत तलब प्रारम्भिक स्केलमा वृद्धि गरिनेछ भने थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ । हाल पाइँदै आएको महँगी भत्ता भने यथावत राखिनेछ ।

अर्थमन्त्री वाग्लेले विगत चार वर्षदेखि तलब समायोजन नभएको र यसबीच महँगी १७.३ प्रतिशतले बढेको उल्लेख गर्दै कर्मचारीको जीवनस्तर सुधारका लागि यो निर्णय गरिएको बताए ।

भर्खरै

सम्बन्धित पोस्टहरुः