बजेट २१ खर्ब २४ अर्ब ३४ करोड, चालु खर्च सबैभन्दा बढी

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ – १५

सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट घोषणा गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा बजेटको आकार सार्वजनिक गरेका हुन् ।

बजेटअनुसार चालु खर्चका लागि १२ खर्ब ७० अर्ब विनियोजन गरिएको छ भने पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब रुपैयाँ छुट्याइएको छ । त्यस्तै वित्तीय व्यवस्थाका लागि ४ खर्ब २२ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

सरकारले बजेटको स्रोतका रूपमा राजस्वबाट १४ खर्ब ४ अर्ब, वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड, वैदेशिक ऋणबाट २ खर्ब ४७ अर्ब र आन्तरिक ऋणबाट ४ खर्ब १० अर्ब जुटाइने जनाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः