वीरगंजको मुख्य सडकलाई ‘शहरी मार्ग’ बनाउन माग

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १६ –

वीरगंजको मुख्य सडक विस्तारका क्रममा भइरहेको घर तथा व्यवसाय विस्थापन रोक्न माग गर्दै स्थानीय संघर्ष समितिले प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

वीरगंज युवा तथा व्यापारी सडक पीडित संघर्ष समिति र वीरगंज बचाऔं संघर्ष समितिले ऐतिहासिक तथा आर्थिक महत्व बोकेको नगरको मौलिक स्वरूप जोगाउन मुख्य सडकलाई ‘शहरी मार्ग’ मापदण्डअनुसार विस्तार गर्न माग गर्दै पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तलाई ज्ञापनपत्र बुझाएका हुन् ।

ज्ञापनपत्रमा सडकको दायाँ–बायाँ निश्चित क्षेत्र छुट्याएर राख्ने व्यवस्था घटाई न्यूनतम क्षतिमा सडक विस्तार गर्नुपर्ने र आवश्यकताको सिद्धान्त लागू गर्नुपर्ने उल्लेख गरिएको छ ।

गण्टाघरदेखि रजत जयन्ती चोकसम्म करिब १ हजार ५ सय घरधुरी तथा हजारौं व्यवसायी प्रभावित हुने भन्दै विस्थापन, रोजगारी गुम्ने र ऐतिहासिक संरचना जोखिममा पर्ने दाबी गरिएको छ ।

समितिले विकासको नाममा विनाश नगरी वैकल्पिक उपायमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरेको छ । ज्ञापनपत्र बुझ्दै सांसद पन्तले यो कुरा सरकार समक्ष पुर्याउने बताए ।

सम्बन्धित पोस्टहरुः