पत्रकारिता पुरस्कारबाट मगर र यादव सम्मानित

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १६ –

प्रेस सेन्टर नेपाल पर्सा शाखाद्वारा स्थापित ‘कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार–२०८३’ कारोबार दैनिकका वीरगञ्ज संवाददाता निरज पिठाकोटे मगरलाई प्रदान गरिएको छ ।

त्यसैगरी ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०८३’ युवा पत्रकार बलिराम यादवलाई प्रदान गरिएको छ । दुवैलाई जनही २१ हजार रुपैयाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरीले पत्रकारिता लोकतन्त्रको आधार भएको भन्दै प्रेस स्वतन्त्रतामाथि चुनौती बढ्दै गएको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ तथा विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरूले पुरस्कृत पत्रकारलाई बधाई दिँदै पत्रकारहरूको हकहित र प्रेस स्वतन्त्रताको संरक्षणमा एकताबद्ध हुनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको सञ्चालन प्रेस सेन्टर नेपाल पर्साका सचिव अजित भुजेलले गर्नुभएको थियो ।

सम्बन्धित पोस्टहरुः