वीरगंज , जेठ १७ –
उपकार सेवा नेपालले पर्साको ठोरी गाउँपालिका–१ भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रमलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री सहयोग गरेको छ ।
संस्थाले आश्रममा आश्रित १८ जना अपाङ्ग, वृद्धवृद्धा, बालबालिका तथा सुस्त मनस्थितिका व्यक्तिहरूका लागि चामल, पिठो, सोयाबिन, दाल, खानेतेल, नून, सर्फ, साबुन लगायतका सामग्री उपलब्ध गराएको हो ।
आयोजित कार्यक्रममा उपकार सेवा नेपालकी अध्यक्ष विद्या कुमारी सरावगी तथा सामाजिक अभियन्ता प्रकाश थारूले आश्रमका प्रतिनिधि युहन्न गुरुङ, ममता गुरुङ र बिमाया थापालाई सामग्री हस्तान्तरण गरेका थिए ।
संस्थाले आश्रमलाई प्रत्येक महिना खाद्यान्न तथा आवश्यक जिन्सी सामग्री सहयोग गर्दै आएको जनाएको छ ।







