लुटपाटमा संलग्न फरार कैदी प्रहरीको गोलीबाट घाइते

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १७ –

काठमाडौँको जडीबुटी क्षेत्रमा शनिबार प्रहरी र लुटपाटमा संलग्न व्यक्तिबीच भएको मुठभेडमा प्रहरीको गोली लागेर एक फरार कैदी घाइते भएका छन् । घाइते हुनेमा काठमाडौँ महानगरपालिका–भद्रकाली निवासी गणेश कार्की रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार कार्कीलाई नियन्त्रणमा लिन खोज्दा उनले प्रतिरोध गरेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर घाइते भएका कार्कीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनामा एक प्रहरी कर्मचारी पनि घाइते भएका छन् ।

प्रहरीका अनुसार कार्की र उनका सहयोगी विष्णु गुरुङले शनिबार सुकेधारामा एक महिलामाथि खुर्सानीको धुलो छर्केर सुनको सिक्री लुटेका थिए । घटनापछि खोजीका क्रममा जडीबुटी क्षेत्रमा प्रहरीसँग उनीहरूको जम्काभेट भएको थियो ।

प्रहरीले विष्णु गुरुङलाई पक्राउ गरेको छ भने कार्की डाँकाचोरी मुद्दामा सजाय भोग्दै गर्दा केन्द्रीय कारागारबाट फरार भएका कैदी रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः