मधेशमा डीजे र ध्वनि प्रदूषण नियन्त्रण गर्न गृह मन्त्रालयको निर्णय

1200x150_1200x150-01.jpg (1)

वीरगंज , जेठ १७ –

मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशभर बढ्दै गएको डीजे तथा ध्वनि प्रदूषण नियन्त्रण गर्ने निर्णय गरेको छ ।

मन्त्रालयले मधेशका आठवटै जिल्लामा सार्वजनिक स्थलमा प्रयोग हुने डीजे तथा अत्यधिक आवाज निकाल्ने उपकरणलाई सुरक्षा निकायको समन्वयमा नियन्त्रण गर्न स्थानीय तहलाई निर्देशन दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका अनुसार ध्वनि प्रदूषण नियन्त्रणसँगै मधेश भवनको सुरक्षा व्यवस्थापन, कर्मचारी आवास क्षेत्रमा अनाधिकृत बसोबास नियन्त्रण, गुठी जग्गा संरक्षण, फुटपाथ अतिक्रमण हटाउने तथा जनकपुरधाम परिक्रमा क्षेत्रमा मदिरा बिक्री–वितरण नियन्त्रण गर्ने विषयमा पनि निर्णय गरिएको छ ।

गृह तथा सञ्चार मन्त्री फकिरा महतोका अनुसार सम्बन्धित निकायलाई निर्देशन दिइसकिएको छ ।

त्यसैगरी, मधेश भवनको सुरक्षा व्यवस्थापनका लागि १५ दिनभित्र कार्यविधि तयार गर्न समिति गठन गर्ने, सरसफाइ र आवास व्यवस्थापनमा सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिने तथा अनुगमन प्रणाली सुदृढ गर्ने निर्णय पनि गरिएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः