रास्वपा वीरगंजको सभापतिमा दीपराज पटेल निर्वाचित

1200x150_1200x150-01.jpg (1)


वीरगंज, जेठ १८ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वीरगंज महानगर कमिटीको सभापतिमा दीपराज पटेल निर्वाचित भएका छन् ।

आइतबार सम्पन्न प्रथम महानगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले २२६ मत प्राप्त गर्दै प्रतिद्वन्द्वी म. महुद्दीन आलमलाई ४७ मत अन्तरले पराजित गरेका हुन् ।

निर्वाचनमा आलमले १७९ मत प्राप्त गरेका थिए । उपसभापतिमा परितोष द्विवेदी, सचिवमा गौतम श्रेष्ठ तथा सह–सचिवमा मुन्ना साह तेली निर्वाचित भएका छन् ।

त्यस्तै विभिन्न पदमा अन्य सदस्यहरू पनि निर्वाचित भएका छन् । २५ सदस्यीय महानगर समितिमा २३ जना निर्वाचित भएको र बाँकी दुई सदस्य पछि मनोनित गरिने रास्वपाले जनाएको छ ।

नवनिर्वाचित सभापति पटेल २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा सांसद पदका उम्मेदवार समेत रहेका थिए ।

भर्खरै

सम्बन्धित पोस्टहरुः