मेनरोड विस्तारविरुद्ध वीरगंजबासीको काठमाडौंमा प्रदर्शन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ १९ – वीरगंजको मुख्य सडक (मेनरोड) विस्तारको काम रोक्न माग गर्दै मेनरोड क्षेत्रका घरजग्गाधनी तथा स्थानीयवासीले मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्।

‘विकासको नाममा विनाश गर्न पाइँदैन’ भन्दै प्रदर्शनकारीहरूले डोजर आतंक बन्द गर्न, मेनरोडलाई शहरी मार्ग कायम गर्न तथा प्रभावित नागरिकलाई न्याय दिन माग गरेका थिए। प्रदर्शनका क्रममा सर्वोच्च अदालतले वीरगंजबासीलाई न्याय दिनुपर्ने नारासमेत लगाइएको थियो।

वीरगंज बचाऔं संघर्ष समितिका संयोजक कुन्दन रौनियारले कानुनी प्रक्रिया पूरा गरेर निर्माण गरिएका घर तथा व्यावसायिक संरचना भत्काउँदा हजारौं परिवार विस्थापित हुने अवस्था सिर्जना भएको बताए। उनले मुआब्जासम्बन्धी रिट सर्वोच्च अदालतमा दायर गरिएको लामो समय बितिसक्दा पनि सुनुवाइ हुन नसकेको गुनासो गर्दै मेनरोडलाई शहरी मार्गका रूपमा कायम गर्नुपर्ने माग दोहोर्याए।

भर्खरै

सम्बन्धित पोस्टहरुः