सीमा नाकामा सामान ल्याउने छुट सीमा पाँच गुणाले बढ्यो

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २१ –

सरकारले स्थल सीमा नाकाबाट नेपाल भित्र्याउन पाइने निजी प्रयोगका सामानको भन्सार छुट सीमा वृद्धि गरेको छ। अर्थ मन्त्रालयले नयाँ व्यवस्था लागू गर्दै १ सय रुपैयाँसम्म रहेको छुट सीमा बढाएर ५ सय रुपैयाँ कायम गरेको हो।

नयाँ व्यवस्थाअनुसार यात्रुले ५ सय रुपैयाँसम्मका निजी प्रयोगका वस्तु साथमा ल्याउँदा वा लैजाँदा भन्सार महसुल नतिर्न सक्नेछन्। यस सम्बन्धमा अन्तिम निर्णय भन्सार प्रमुखले औचित्यका आधारमा गर्नेछन्।

भारतमा अध्ययनरत नेपाली विद्यार्थीले भने ट्याबलेट वा कम्प्युटरमध्ये एक थान नेपाल ल्याउँदा महसुल नलाग्ने सुविधा यथावत् पाउनेछन्।

यसअघि सरकारले १ सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा कडाइ गरेपछि सीमा क्षेत्रमा व्यापक असन्तोष देखिएको थियो। उक्त विषय संसद्सम्म पुगेपछि सरकारले नियम पुनरावलोकन गर्दै छुट सीमा बढाएको हो।

सम्बन्धित पोस्टहरुः