मितेरी पुल क्षेत्रमा वृक्षारोपण र सरसफाइ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २२ –

विश्व वातावरण दिवसको अवसरमा वीरगञ्जस्थित मितेरी पुल क्षेत्रमा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

वीरगञ्ज महानगरपालिका, ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगर तथा सशस्त्र प्रहरीको संयुक्त आयोजनामा भएको कार्यक्रममा विभिन्न जातका बिरुवा रोपिनुका साथै क्षेत्रको सरसफाइ गरिएको थियो।

ग्रीनसिटी सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले वातावरण संरक्षण सबैको साझा दायित्व भएको बताउँदै हरियाली प्रवर्द्धनका लागि नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा नगर प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, समाजसेवी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमपछि भारतीय सीमा सुरक्षा बल (एसएसबी) का प्रतिनिधिलाई वातावरणीय सहकार्यको सन्देशस्वरूप पाँच वटा बिरुवा हस्तान्तरण गरिएको आयोजकले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः