बारामा ब्राउन सुगरसहित दुई जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २२ –

बाराको बिश्रामपुर गाउँपालिका–२ बरैनिया बजारबाट लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय छतवा, इलाका प्रहरी कार्यालय प्रसौनी तथा लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंजको संयुक्त टोलीले बुधबार दिउँसो विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी जिल्ला हरपुर पञ्चायत–६ निवासी २१ वर्षीय राकेश कुमार साह र पर्साको जगरनाथपुर गाउँपालिका–६ सन्ठी गाउँ निवासी २० वर्षीय अजित पटेल रहेका छन्।

प्रहरीका अनुसार राकेश कुमार साहले अजित पटेललाई ब्राउन सुगर बिक्री गरिरहेको अवस्थामा नियन्त्रणमा लिइएको थियो। शरीर खानतलासीका क्रममा राकेशको साथबाट सेतो प्लास्टिकसहित १७.३९० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरिएको छ।

घटनास्थलबाट बी.आर ०५ बी.टी ३७५६ नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकल समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय छतवाले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः