वीरगंज, जेठ २२ –
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ मोटरसाइकल दुर्घटनामा परेका छन्।
उदयपुरको बेलकामा आयोजित एक कार्यक्रममा सहभागी हुन कटारीबाट जाँदै गर्दा बाटोमै उनको मोटरसाइकल दुर्घटनामा परेको जनाइएको छ।
दुर्घटनामा साम्पाङको हातमा चोट लागेको भए पनि स्वास्थ्य अवस्था सामान्य रहेको श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किराँती ले जानकारी दिएका छन्।
दुर्घटनापछि पनि साम्पाङ निर्धारित कार्यक्रमस्थलमा पुगेका थिए।






