पर्सा , जेठ – २२
नेपाल प्रहरीलगायत विभिन्न सुरक्षा निकायका लागि भारतले ७ हजारभन्दा बढी सुरक्षात्मक हेल्मेट सहयोग गरेको छ।
वीरगंज भन्सार अन्तर्गतको एकीकृत जाँच चौकी(आइसिपी )भन्सार कार्यालयमा आयोजित एक समारोहका बीचमा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवी सहाय मीणाले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालालाई हेल्मेट औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।
कार्यक्रममा बोल्दै महावाणिज्यदूत मीणाले उक्त सहयोगले नेपालका कानून प्रवर्तन एजेन्सीहरूको कार्यक्षमता तथा सुरक्षालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।
हेल्मेटहरू नेपाल प्रहरीसहित विभिन्न सुरक्षा निकायका सुरक्षाकर्मीले प्रयोग गर्ने जनाइएको छ। सहयोगस्वरूप प्रदान गरिएका सुरक्षात्मक सामग्रीले ड्युटीका क्रममा सुरक्षाकर्मीहरूको सुरक्षा बढाउनुका साथै प्रभावकारी सेवा प्रवाहमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा वीरगंज भन्सारका भन्सार प्रशासक कृष्ण मैनाली,नेपाल प्रहरीका अधिकारीहरू तथा भारतीय महावाणिज्यदूतावासका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो, भारतीय महावाणिज्य दूतावासका कन्सुलर मनिष कुमारले जानकारी गराए






