‘नेपाल–भारत सम्बन्धमा नयाँ अध्याय सुरु भयो’ : सभापति लामिछाने

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २२ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएका छन्। भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत गएका लामिछानेले भ्रमण फलदायी रहेको बताउँदै नेपाल–भारत सम्बन्धलाई नयाँ ढंगले अघि बढाउने आधार तयार भएको बताएका छन्।

स्वदेश फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले नयाँ सरकार गठनपछि छिमेकी मुलुकसँग सहकार्य, लगानी, व्यापार तथा आपसी हितका विषयमा सकारात्मक छलफल भएको जानकारी दिए। उनले भ्रमण पारदर्शी रहेको र दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने दिशामा केन्द्रित रहेको बताए।

सीमा विवादबारे सोधिएको प्रश्नमा लामिछानेले यस्ता विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने उल्लेख गर्दै सार्वजनिक बहसभन्दा संवाद र कूटनीतिक पहल बढी प्रभावकारी हुने धारणा राखे। उनले परराष्ट्र नीतिसम्बन्धी विषय कुनै दल विशेषको नभई राष्ट्रको साझा विषय भएको बताए।

राजनीतिक स्थिरताबारे बोल्दै लामिछानेले आफ्नो पार्टी अस्थिरताको पक्षमा नरहेको स्पष्ट पारे। जनताले स्थिर शासन र सुशासनको अपेक्षासहित रास्वपालाई समर्थन गरेको उल्लेख गर्दै पार्टी आफ्नो प्रतिबद्धतामा अडिग रहने बताए।

भारत भ्रमणका क्रममा लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस. जयशंकर तथा भाजपा अध्यक्ष नितिन नवीनलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए। भ्रमण टोलीमा रास्वपाका केही सांसद तथा पदाधिकारीहरू पनि सहभागी थिए।

सम्बन्धित पोस्टहरुः