युद्धविराम प्रस्ताव अस्वीकार गर्दै हिजबुल्लाहको चेतावनी

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २२ –

लेबनानी सशस्त्र समूह हिजबुल्लाहका प्रमुख नाइम कासेमले लेबनान र इजरायलबीच प्रस्तावित सशर्त युद्धविराम स्वीकार्य नभएको बताएका छन्।

कासेमले इजरायली सेना पूर्ण रूपमा लेबनानबाट फिर्ता हुनुपर्ने र व्यापक युद्धविराम हुनुपर्ने माग गर्दै त्यसो नभए उत्तरी इजरायलमा नयाँ आक्रमण हुन सक्ने चेतावनी दिएका छन्।

अमेरिकामा लेबनानी र इजरायली प्रतिनिधिबीच सशर्त युद्धविरामका लागि सहमति भएको घोषणापछि हिजबुल्लाहको यस्तो प्रतिक्रिया आएको हो। लेबनानका राष्ट्रपतिले उक्त सहमतिलाई द्वन्द्वको दिगो अन्त्यका लागि अन्तिम अवसरको रूपमा वर्णन गरेका छन्।

तर हिजबुल्लाहले इजरायल–लेबनान वार्तालाई अस्वीकार गर्दै आफ्नो अडान कायम राखेको छ। हाल इजरायली सेना लेबनानी भूभागमा तैनाथ रहेको छ भने इरान समर्थित हिजबुल्लाहले इजरायलमाथि आक्रमण जारी राखेको छ।

सम्बन्धित पोस्टहरुः