जेनजी आन्दोलनमा बालबालिकालाई मानव ढाल बनाइएको आयोगको निष्कर्ष

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २३ –

राष्ट्रिय मानव अधिकार आयोगले गएको भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा बालबालिकालाई मानव ढालका रूपमा प्रयोग गरिएको निष्कर्ष निकालेको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा आयोगद्वारा गठित जाँचबुझ समितिकी संयोजक तथा आयोग सदस्य डा. लिली थापाले आन्दोलनका क्रममा हिंसा भड्काउन उत्तेजक भूमिका खेलिएको बताएकी छन ।

उनका अनुसार आयोगले तयार पारेको प्रतिवेदन तथ्य र प्रमाणका आधारमा तयार गरिएको हो। प्रधानमन्त्री र नेपाली सेनालाई उन्मुक्ति दिइएको भन्ने आरोपको खण्डन गर्दै डा. थापाले जिम्मेवार निकायलाई सचेत गराउने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन निर्देशनात्मक सिफारिस गरिएको स्पष्ट पारेकी छन ।

जाँचबुझका क्रममा ४ सय ३७ वटा भिडियो क्लिप अध्ययन गरिएकोमा ३५ वटा मात्र वास्तविक पुष्टि भएको आयोगले जनाएको छ। ती भिडियोमा बालबालिकालाई अगाडि सारेर मानव ढाल बनाइएको, बम बनाउन सिकाइएको तथा सुरक्षाकर्मीमाथि आक्रमणका लागि उत्तेजित गराइएको प्रमाण भेटिएको बताइएको छ।

त्यसैगरी घटनामा उत्तेजक भूमिका देखिएका ५४ जनाको पहिचान भएको र थप अनुसन्धान आवश्यक रहेको आयोगको निष्कर्ष छ।

आयोगले बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुसार आन्दोलनमा बालबालिकाको प्रयोग मानव अधिकारको गम्भीर उल्लङ्घन भएको ठहर गरेको छ।

सम्बन्धित पोस्टहरुः