गणेशमानको शालिकमा सरसफाइ एवं वृक्षारोपण

1200x150_1200x150-01.jpg (1)

वीरगंज, २३ जेठ ।
विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान नेपालले वीरगंज–४ स्थित गणेशमान सिंहको शालिक एवं परिसर आसपास सरसफाइ एवं वृक्षारोपण कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहले वातावरण, वोट विरूवा, जीव प्राणी तथा पशु–पंक्षीसित माया प्रेम तथा संरक्षण र प्रवर्धन हेतु प्रत्येक वर्ष झैँ शनीवार विश्व वातावरण दिवसको अवसरको साताब्यापी कार्यक्रम अन्तर्गत आज गणेशमान चोकमा स्थित शालिक एवं परिसर आसपास सरसफाई गरिएको थियो । साथै ५ थान वृक्षारोपण गरियो।
कार्यक्रममा भगवान श्रेष्ठ, हुकुम सिंह राजपुत, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझी, वीरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, प्रतिष्ठानका सहसचिव अबिनाश झा, सदस्यहरू केदार गुप्ता, राहुल सिंह, आकाश पटेल लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्टहरुः