पर्सामा अवैध सालको काठसहित ५ साइकल बरामद

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २४ –

सशस्त्र प्रहरी बल र वन कार्यालयको संयुक्त टोलीले पर्साको वीरगंज महानगरपालिका–३१ मिलनचोक क्षेत्रबाट अवैध रूपमा ओसारपसार हुँदै गरेको अन्दाजी ४५ क्युबिक फिट सालको गोलिया काठ र ५ वटा साइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बेल्वा र सब-डिभिजन वन कार्यालय सबैयाको संयुक्त टोलीले शनिबार उक्त काठ बरामद गरेको हो। टोलीलाई देख्नासाथ काठ ओसारपसारमा संलग्न व्यक्तिहरू सामान छाडेर फरार भएका थिए।

बरामद गरिएको काठ तथा साइकल आवश्यक कारबाहीका लागि सब-डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल नं. १३ गण मुख्यालय पर्साले जनाएको छ।

सम्बन्धित पोस्टहरुः