कलैया अधिवेशन विवाद: रास्वपा केन्द्रीय कार्यालयमा कार्यकर्ताको धर्ना

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २४ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र बारा जिल्लाको कलैया उपमहानगर अधिवेशनलाई लिएर देखिएको विवाद केन्द्रीय तहसम्म पुगेको छ। निर्वाचन परिणामपछि असन्तुष्ट कार्यकर्ताहरूले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका छन्।

कार्यकर्ताहरूका अनुसार कलैया उपमहानगरको सभापतिमा उमाशंकर रौनियार १२४ मतसहित निर्वाचित भएका थिए। शपथ ग्रहण समेत सम्पन्न भइसकेपछि पुनः निर्वाचन गराउने सूचना आएपछि विवाद चर्किएको उनीहरूको भनाइ छ।

प्रदर्शनकारीहरूले मधेस प्रदेश समितिले आवश्यक बहुमत नपुगेको कारण देखाउँदै पुनः निर्वाचनको निर्णय गरेको दाबी गरेका छन्। तर उनीहरूले यसलाई विधानविपरीत र प्रक्रियागत रूपमा त्रुटिपूर्ण निर्णय भनेका छन्।

एकपटक निर्वाचन सम्पन्न भई नतिजा सार्वजनिक भइसकेपछि पुनः मतदान गराउने अभ्यास स्वीकार्य नहुने भन्दै उनीहरूले आपत्ति जनाएका छन्। साथै, कुनै औपचारिक हस्ताक्षर वा कागजातबिना सामाजिक सञ्जालमार्फत निर्वाचन रद्द गरिएको भन्दै स्पष्ट निर्णय सार्वजनिक गर्न माग गरेका छन्।

उनीहरूले पार्टीभित्रका सबै अधिवेशन प्रक्रियामा पारदर्शिता र विधानअनुसारको निर्णय सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारेका छन्।

सम्बन्धित पोस्टहरुः