रास्वपा पर्साको विवाद सुल्झाउन छलफल जारी

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २४ –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बढ्दो विवाद सुल्झाउन केन्द्रीय नेतृत्व सहभागी छलफल वीरगंजमा जारी रहेको छ। अधिवेशनको पूर्वसन्ध्यामा हिजो शनिबार आन्तरिक विवाद उग्र भएर सडकमै कुटाकुट भएपछि विवाद मिलाउन केन्द्रीय नेतृत्व वीरगंज आएर छलफल गरिरहेको छ।

अधिवेशन पर्साका संयोजक डा. नन्दन यादवका अनुसार रास्वपाका केन्द्रीय सचिव एवं संगठन विभागका प्रमुख कविन्द्र बुर्लाकोटी र केन्द्रीय सदस्य शंकर श्रेष्ठसहितको टोली वीरगंज आइपुगेको छ।

उनीहरूले पर्साका चारवटै क्षेत्रका सांसद तथा जिल्लाका सबै पालिकाका अगुवा नेता–कार्यकर्तासँग अहिले छलफल गरिरहेका छन्। शनिबार भएको घटनाले केन्द्रीय नेतृत्वको ध्यान पर्सामा केन्द्रित गरेको रास्वपा निकट राजनीतिक जानकारहरूले बताएका छन्।

शनिबार भएको घटनाप्रति देश तथा विदेशमा रहेका रास्वपाका समर्थकहरूले दुःख व्यक्त गरिरहेका छन्।

सम्बन्धित पोस्टहरुः