बारा, २४ जेठ ।
जिल्ला अदालत बाराबाट दण्ड सजाय तोकिएपछि फरार रहँदै आएका पाँच जना प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको विशेष प्रहरी टोलीले खोजतलास गर्ने क्रममा उनीहरूलाई जेठ २४ गते पक्राउ गरी अदालत समक्ष दाखिला गरेको हो।
पक्राउ पर्नेहरूमा लागूऔषध मुद्दा, कुटपिट अङ्गभङ्ग तथा अभद्र व्यवहार मुद्दाका प्रतिवादीहरू रहेका छन। पक्राउ पर्नेहरुमा सन्त बहादुर लुङ्वा (उमेर ३६)ः निजगढ नगरपालिका वडा नं. १२ का बासिन्दा। लागूऔषध मुद्दामा अदालतले उनलाई १० महिना २१ दिन कैद र रू. ५,००० जरिवाना तोकेको थियो।
अनुठा पण्डित (उमेर ४२)ः सिम्रौनगढ नगरपालिका वडा नं. १० का बासिन्दा। कुटपिट अङ्गभङ्ग मुद्दामा उनलाई ४ (चार) महिना कैद र रू. ५,००० जरिवानाको फैसला सुनाइएको थियो।
बिसुराज थापा (उमेर २१)ः जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ का बासिन्दा। उनी विरूद्ध अभद्र व्यवहारको चालु मुद्दा रहेको छ।
निकेश थिङ (उमेर २०)ः जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ का बासिन्दा। उनी विरूद्ध पनि अभद्र व्यवहारको चालु मुद्दा रहेको छ।
पसाङ वाइबा (उमेर २१)ः जितपुर सिमरा उपमहानगरपालिका वडा नं. १६ का बासिन्दा। उनी विरूद्ध पनि अभद्र व्यवहारको चालु मुद्दा अन्तर्गत कारबाही अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (म्क्ए) मिन बहादुर घलेले फरार प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रियाका लागि सम्मानित बारा जिल्ला अदालतमा बुझाइसकिएको जानकारी दिनुभयो।






