राधेश्याम पटेल,वीरगंज,२४ जेठ /
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साको विवाद सहमतिमा अगाडि बढाउने निर्णय भएको छ।
सोमबार बिहान ७ बजेदेखि जिल्ला अधिवेशन अगाडि बढाउने कार्यतालिका सार्वजनिक गरिएको जिल्ला अधिवेशन संयोजक नन्दन यादवले जानकारी गराए ।
होटेल भिस्वामा आज अपरान्न ४ बजेदेखि ७ बजेसम्म भएको छलफलमा सबैको स्वामित्व र सबैको सहभागितामा पार्टीको जिल्ला अधिवेशन शान्तिपूर्वक सम्पन्न गर्ने निर्णय भएको हो । क्लासिक बंङ्क्यूटमा जिल्ला अधिवेशन हुने जनाइएको छ। अधिवेशन अगाडि प्रतिनिधिहरूको नामावली सार्वजनिक गरिएको छ ।









