पूर्ण स्वायत्त प्रदेशको माग गर्दै जनमत पार्टीको प्रदर्शन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २५ –

प्रदेशलाई पूर्ण स्वायत्तता दिनुपर्ने लगायतका विभिन्न माग राख्दै जनमत पार्टीले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ।

प्रदर्शनमा सहभागीहरूले प्रदेश सरकारलाई पूर्ण अधिकार हस्तान्तरण गर्न, कर्मचारी प्रशासन तथा स्थानीय तहलाई प्रदेश मातहत राख्न र प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रशासन पनि प्रदेश सरकारअन्तर्गत ल्याउनुपर्ने माग गरेका थिए।

त्यसैगरी नेपाली सेनामा मधेशी–थारु समुदायको सामूहिक भर्ना, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, वैदेशिक रोजगारीका समस्या समाधान, किसानलाई समयमै मलखाद तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने माग पनि पार्टीले अघि सारेको छ।

प्रदर्शनमा सहभागीहरूले मधेशी, थारु, दलित, मुस्लिम, आदिवासी, सुकुम्बासी तथा अल्पसंख्यकमाथि हुने विभेद र शोषण अन्त्य गर्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।

जनमत पार्टी पर्साका अध्यक्ष तथा केन्द्रीय सदस्य ओमप्रकाश सरार्फका अनुसार काठमाडौंमा जेठ २४ र २५ गते पार्टीको दुईदिने केन्द्रीय समिति विस्तारित बैठक पनि जारी छ। बैठकले संगठन सुदृढीकरण, निर्वाचन समीक्षा तथा आगामी रणनीतिबारे निर्णय गर्ने जनाइएको छ।

सम्बन्धित पोस्टहरुः