बारा, २५ जेठ । भारतबाट भन्सार छली अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको धान र मोटरसाइकलसहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी मटियार्वा बाराबाट प्रहरी नायब निरीक्षक (प्र.ना.नि.) राकेश साहको कमाण्डमा खटिएको गस्ती टोलीले जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नं. १० मटियार्वा भण्डारी चोकस्थित भारतीय सीमा नाकाबाट अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा उक्त सामग्रीहरू बरामद गरेको हो ।
बरामद गरिएका सामग्रीहरू:
अवैध धान: ६ बोरा
मोटरसाइकल: नम्बर प्लेट नभएको र नम्बर नखुलेको (१ थान)
जम्मा मूल्याङ्कन: रु. ८१,२००/- (एकासी हजार दुई सय) बराबर
प्रहरीका अनुसार उक्त सामानहरू अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको हो । यस सम्बन्धमा प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी मिन बहादुर घलेले जानकारी दिँदै थप अनुसन्धान कार्य भइरहेको बताउनुभएको छ ।






