एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राई विमानस्थलबाट फर्काइए

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २६ –

फिफा विश्वकप २०२६ को उद्घाटन समारोहमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ।

मंगलबार बिहान मेक्सिको प्रस्थानका लागि विमानस्थल पुगेका दुवै अधिकारीलाई विदेश यात्रामा रोक लगाइएको सूचीमा रहेकाले अध्यागमनले यात्रा अनुमति नदिएको हो।

यसअघि नेम्वाङ र राईले विदेश यात्रा रोक्का फुकुवाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) सँग आग्रह गरेका थिए। तर राखेपले उनीहरूको अनुरोध अस्वीकार गरेको जनाएको छ।

आर्थिक अनियमिततासम्बन्धी छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले गत वैशाख ११ गते एन्फा अध्यक्ष, महासचिवसहित २४ जनामाथि विदेश यात्रा प्रतिबन्ध लगाएको थियो।

यसअघि राखेपले तहगत निर्वाचन सम्पन्न नगरेको भन्दै एन्फालाई तीन महिनाका लागि निलम्बन गरेको थियो। पछि दुई महिनापछि उक्त निलम्बन फुकुवा गरिएको थियो।

सम्बन्धित पोस्टहरुः