बीपी राजमार्गमा बस दुर्घटना, मृत्यु हुनेको संख्या ८ पुग्यो

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २९ –

काभ्रेको बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार दुर्घटनाग्रस्त बसले थिचिएको अवस्थामा थप एक जनाको शव फेला परेपछि मृतक संख्या ८ पुगेको हो।

प्रहरीका अनुसार मृत्यु हुनेमध्ये ४ पुरुष र ४ महिला रहेका छन्। हालसम्म उनीहरूको पहिचान खुल्न सकेको छैन।

बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरेतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बिहीबार बुच्चाकोट क्षेत्रमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा १७ जना घाइते भएका छन्। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः