कमला पुलका लागि बजेट नपरेको भन्दै मधेश प्रदेशसभा अगाडि प्रदर्शन

1200x150_1200x150-01.jpg (1)

जनकपुर, जेठ २९ –

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा कमला पुलका लागि बजेट विनियोजन नगरेको भन्दै स्थानीयवासीले प्रदेशसभा अगाडि टायर बालेर प्रदर्शन गरेका छन्।

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल निर्माणमा बजेट नपरेपछि आक्रोशित स्थानीय आन्दोलनमा उत्रिएका हुन्।

प्रदर्शनकारीहरूले “झुटा आश्वासन चाहिँदैन”, “मनोमानी चल्दैन”, “नयाँ कमला पुल निर्माण गर” जस्ता नारा लगाउँदै विरोध जनाएका थिए। उनीहरूले मुख्यमन्त्री, अर्थमन्त्री र भौतिक पूर्वाधार मन्त्रीविरुद्ध पनि नाराबाजी गरेका थिए।

यसअघि पनि संघीय सरकारको बजेटमा पुल निर्माणका लागि बजेट नपरेको भन्दै स्थानीयले प्रदेशसभा अगाडि विरोध प्रदर्शन गरेका थिए।

सम्बन्धित पोस्टहरुः